बिर्तामोड । झापाको बिर्तामोडमा पानीमा डुवेर एक बृद्वाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका-६ बुट्टावारीमा अन्दाजी ७८ बर्षकी ईन्द्र माया राईको घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो  ।

पानीमा डुबी रहेको अबस्थामा उनको नातिनी मनिसा राईले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले स्थानीय अस्पतालमा उपचारका लगेको थियो । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा मृत घोषित गरको थियो ।