भद्रपुर । सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ देवीवस्तीका शम्भु सहनी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा सहनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल लगिएको र उनको गएराति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।