बिर्तामोड । बिर्तामोड नगरपालिका-८ को शिव गौतमको घरमा अहिले साँझ आगलागी भएको छ ।
साँझ साढे ८ बजे बिर्तामोड नगरपालिका - ८ नेपाल चोकमा भएको आगलागीबाट १ तले पक्की घर जलेको छ ।
आगलागीबाट गौतमको घरको भान्सामा रहेका ३ वटा ग्यास ट्यान्की ब्लास्ट भयेको प्रहरीले जनाएको छ।
आगलागीमा परेर उनका ३ जना छिमेकी घाइते भएका छन् । उनीहरुको परिचय खुलेको छैन । घरमा राखिएको एउटा स्कुटर जलेर ध्वस्त भएको छ
बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकल, स्थानीय र प्रहरीले आगलागी नियन्त्रणमा जनाइएको छ । आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको जनाइएको छ ।



















