दमक । झापाको गौरिगञ्जमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
हिजो राती गौरीगञ्ज गाँउपालिका-३ ठेकिटोला स्थित हुलाकी सडक खण्डमा गौरीगञ्ज बजारबाट कोरोबारी तर्फ जादैं गरेको मे ८ प ८८९५ नम्बरको मोटर साइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा सोही स्थानका मोटरसाइलक चालक रोशन मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडी सवार श्याम राजबंशी घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















