दमक । झापाको कमल गाउपालिका-२ समयगढका चन्द्र श्रेष्ठको घरमा गएराती आगलागी भएको छ ।
बाँसको भाटाको टाटीबेरा, टिनको छाना भएको १ तले घरमा भएको आगलागीको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी, प्रहरी र कमल गाउपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घर, घरमा भएको भाडा वर्तन, अन्नपात, लता कपडा पुर्ण रुपमा जलेको छ । आगलागीबाट तिन लाख रकम बरारको क्षति भएको प्रहरीले जनाएको छ ।



















