ईटहरी । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा भएको आगलागीमा परेर तीनवटा गाई मरेका छन् । आगलागीमा ६ वटा खसी, बाख्रा जलेर मरेका छन भने दुईवटा गाई घाइते भएका छन् ।

हरिपुरका प्रमोद खेरवारको घरसँगै जोडिएको र गोठमा आगलागी हुँदा पशु चौपाया  र भौतिक सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

गएराती १२ बजे सुरु भएको आगलागीका कारण खेरवारको चारवटा घर र गोठ पनि जलेर नष्ट भएको जनाइएको छ । घरभित्र राखिएको अन्नपात, लत्ता कपडा, भाँडा वर्तन समेत जल्दा १२ लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ ।