बिर्तामाेड । मेची आँखा अस्पतालमा उपचार गर्न आएका एकजना भारतीयकाे सुतेकै स्थानमा मृत्यु भएकाे छ । 

भारतकाे सोनिकपुर घर भई झापाकाे मेची आँखा  अस्पतालमा उपचार गर्न आएका  ५६ बर्षिय राम बहादुर भुजेलकाे सुतेकै स्थानमा मृत्यु भएकाे हाे ।

अस्पताल नजिकै बलराम खनालले संचालन गरेको आशाम भवन एण्ड लजमा बसेका भुजेलकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरिरहेकाे जनाएकाे छ ।