बिर्तामोड । झापाको बिर्तामोड स्थित  रामचौकमा ट्रकको ठक्करबाट शिवशताक्षीका स्कुटी चालक एक महिलाको मृत्यु भएको छ ।

शनिबार साँझ अन्दाजी ६ बजे तिर बिर्तामोड– २ रामचौकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएकी कटुवालको बिर्तामोडको बिएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइते कटवालको हातखुट्टा, अनुहारमा गम्भीर चोट लागेको थियो । घटनाका प्रत्यक्ष दर्शी लगायतका स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याएका थिए । तर उनको त्यहाँ उपचार सम्भव नभएपछि  थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ।

स्कुटीमा सवार सोही स्थानकी सरिता राउत घाइते भएकी छन् । उनको उपचार भइरहेको प्ररहरीले जनाएको छ ।