दमक । झापाको दमकमा जंगली हात्तीको आक्रमणमा एकजनाको मृत्यु भएको छ ।
आज बिहानको राती २ बजे दमक-३ का मीन बहादुर भण्डारीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको हो ।
दमक-३ दिपज्योति टोलका सुबिन भट्टराईको घर भत्काउदै गरेको अवस्थामा हात्ती खेदाउन गएका ४५ बर्षिय भण्डारीलाई हात्तीले लछार पछार पारेको थियो ।
उनलाई १ सय मिटर परसम्म हात्तीले लखेटेर लछार पछार पार्दै उचालेर पछार्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



















