बिर्तामोड । झापाको बिर्तामोडमा गएराती टिपरमा आगलागी भएको छ ।
बिर्तामोड नगरपालिका-६ मसाले टोलका अर्जुन थलानको परालको थुप्रोमा के कुन कारण अचानक आगलागी हुँदा नजिकै रहेको टिपर जलेको हो ।
चसेवा ग्यारेजमा मर्मत गर्न राखेको सक्षम निर्माण सेवाको बा.०३-००१ क ०३३१ नम्बरको टिपरमा समेत आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट टिपरको अगाडीको भाग जलेर नष्ट भएको छ । टिपर जल्दा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
घटनाको एक घण्टापछि प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोली, स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।



















