बिर्तामोड । झापा प्रहरीले मेचीनगर-६ बाट ७ सय केजी लसुन बरामद गरेको छ ।
मचीनगर-को बाँसझ्याङमा लुकाएको अवस्थामा लसुन बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले बेवारिसे अवस्थामा फेला पारेर लसुन नियन्त्रणमा लिएको हो ।
बरामद लसुनको मुल्य ३ लाख ५० हजार रहेको जनाइएको छ । बरामद लसुन मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईएको बताइएको छ ।