बिर्तामाेड । कनकाईमा लैनाे गाई काटेकाे घटनाका अभियुक्त पक्राउ पर्ने बित्तिकै झापाकाे अर्जुनधारामा गाेरु काटेकाे अभियाेगमा एकजना पक्राउ परेका छन् । अर्जुनधारा-५ पानीकलमा गाेरु बध गरेकाे अभियाेगमा स्थानीय राम तामाङ् पक्राउ परेका हुन् । 

बिरिङ खाेलाकाे काँसघारीमा बहर गाेरु काटेर साेही स्थानका सन्तबहादुर तामाङ्काे घरमा उनले मासु ल्याएका थिए । सन्तबहादुरकाे घरमा मासु टुक्र्याउदै गर्दा प्रहरीले अर्जुनधारा-४ का राम तामाङ्लाई एक थान खुकुरीसहित पक्राउ गरेकाे जनाएकाे छ । 

घटनास्थलमा मासु मात्र फेला परेकाले परीक्षणका लागि प्रयाेगशाला पठाइएकाे प्रहरीले जनाएकाे छ । घरमा फेला परेकाे मासुकाे बारेमा यकिन नभएकाले अहिले राम तामाङ्लाई नियन्त्रणमा लिएकाे बताइएकाे छ । घरधनी सन्तबहादुर माेक्तान फरार भएकाे हुनाले उनकाे खाेजतलास तिब्र पारिएकाे प्रहरीकाे भनाई छ । 

दुईदिन अघि मात्र झापाकाे कनकाईमा लैनाे गाई काटेकाे अभियाेगमा प्रहरीले चारजनालाई पक्राउ गरेकाे थियाे । घटनाकाे हिन्दु धर्मका अगुवाले चर्काे बिराेध गरेका छन् ।