पाँचथर । पाँचथरकाे कुम्मायक-३ रानीगाउका ४५ बर्षिय हर्क तामाङकाे मृत्यु भएपछि पाेष्टमार्टम नगरी गर्न लागिएकाे अन्त्येष्टी कर्म प्रहरीले असफल बनाएकाे छ ।
अरिङ्गालले टाेकेर मृत्यु भएका तामाङ्काे शव साेझै अन्तेष्टीका लागि घाटमा लगिएकाे थियाे । स्थानीयवासी तथा आफन्तले लामा पढेर अन्तेष्टी गर्न लाग्दा प्रहरी पुगेपछि बिवाद उत्पन्न भएकाे थियाे । अस्पतालले मृत्यु भएकाे प्रमाणपत्र दिएकाे भन्दै मृतककाे आफन्त अन्तेष्टी गर्ने अडानमा रहेका थिए ।
प्रहरीले पाेष्टमार्टम नगरी अन्तेष्टी गर्न नदिने भनेरपछि मलामी र मृतककाे आफन्त चितामा राखेकाे शव छाेडेर घर फर्किएका थिए । त्यसपछि प्रहरीले शव उठाएर जिल्ला अस्पतालकाे शव गृहमा ल्याएकाे थियाे ।
मंसिर-३ गते तामाङ्लाई अरिङ्गालले टाेकेकाे थियाे । उनकाे तत्काल नै जिल्ला अस्पतालमा उपचार गर्दा अस्पतालले झापा रेफर गरेकाे थियाे । बिर्तामाेडमा पनि उपचार सम्भव नभएपछि उनलाई बिराटनगर लगिएकाे थियाे । मुखबाट पिसाव र रगत बगेपछि आकष्मिक कक्षमा उपचार भइरहेकाे थियाे । तामाङ्काे हिजाे साढे १ बजे निधन भएकाे थियाे ।
अस्पतालले मृतक प्रमाणपत्रसहित परिवारलाई शव जिम्मा लगाएपछि उनीहरु त्यसैलाई आधार मान्दै अन्तेष्टी गर्न लागेका थिए । प्रहरीले अरिङ्गालले टोकेको मृत्यु हुँदा अनिवार्य पोष्टमाटम गर्नुपर्ने भनेपछि परिवार र सयौं मलामीहरुले प्रहरीको आग्रह शुरुमा अस्विकार गरेका थिए ।
आज दिउँसाे परिवार, स्थानीय र प्रशासनबीच भएकाे सहमति अनुसार पाेष्टमार्टम गरिएकाे प्रहरीले जनाएकाे छ । पाेष्टमार्टमपछि मृतकका परिवारले अन्तेष्टी गर्न शव लिएर गएकाे प्रहरीले जनाएकाे छ ।