बिर्तामोड । झापामा गएराती आगलागीका कारण बिभिन्न ठाउँमा क्षती भएको छ । कतै पसलमा आगो लागेर पसका सबै सामान खरानी भएका छन् भने कहि चौपायाको गोठ त कतै धानको कुन्यूमा आगलागी भएको छ ।
गएराती भएको आगलागीबाट दमक नगरपालिका वडा नम्बर १ स्थित किशोर साहको पसलमा बिद्युत सट भएर १५ लाख मुल्य बराबरको धनमाल क्षति भएको छ ।
रवि स्टेन बस्ने शिव राईको पक्की ढलान भएको अढाई तले घरको भुई तलामा किराना कस्मेटिक र खाद्यान्न पसल गरी साहको पसलमा सम्पुर्ण सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका, फ्रिज र अन्य सर-सामानहरु समेत जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट अन्य मानवीय क्षति नभएको र उक्त आगो नेपाल प्रहरी, दमक नगरपालिकाको दमकल र स्थानीय मानिसहरुको सहयोगमा राती १ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।
यसै गरी झापा झापा गाउँपालिका वडा नं ७ रमितेटोल बस्ने लुखी हस्दाको घरमा बिधुत लाईन सट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाँटी बेराले बनेको ३ कोठे घरमा रहेको सम्पुर्ण मालसामानहरु र नजिकै रहेको ग्वाली गोठमा समेत पुर्ण रुपमा क्षति भइको छ । आगलागीबाट हस्दाको करिव दुई लाख पचास हजार बराबरको क्षति भएको प्रहरीको मुचुल्कामा उल्लेख गरेको छ ।
उक्त आगो नेपाल प्रहरी र स्थानीयबासीहरुको सहयोगमा रातको साढे सात बजे पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
यस्तै गएराती १० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं ११ सालबारी बस्ने बर्ष ४७ को भुमिनाथ बराल र सोही स्थान बस्ने अमर राउतको १ बिघा धान काटेर जम्मा गरी राखेको धानको कुन्युमा आगलागी भएको छ । सो आगलागीबाट दुई लाख दश हजार बराबरको धान र कुन्यु जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो नेपाल प्रहरी,स्थानीय मानिसहरु, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकलको, सहयोगमा रातको १२ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।