बिर्तामोड । झापाको मेचीनगर– १४ प्रणामीनगर टोलमा रहेको मदरसामा आगलागी भएको छ ।

गएराति १२ बजे टिनको छाना भएको एकतले पक्की मदरसा मझारे सरिफको सभाहलमा कोही नभएको अबस्थामा अचानक आगलागी भएको हो । आगलागीबाट मदरसामा आंशिक क्षति भएको छ ।

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, स्थानीय, मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा राति १२ः३० बजेतिर आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट अन्दाजी ३ लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको सुचना केन्द्रले जनाएको छ ।