बिराटनगर । सुनसरीको देवानगंज-३  मा करेण्ट लागेर बाबुको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

पानी तान्ने मोटरबाट करेन्ट लाग्दा ३५ बर्षका राजाकृष्ण मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनामा उनका १५ बर्षका छोरा करण मेहता गम्भीर घाइते भएका छन् । तरकारी बारीमा पानी पटाउने क्रममा उनीहरू घाइते भएका थिए ।  गम्भीर घाइते उनीहरुलाई उपचारका लागि  बिराटनगरको न्युरो हस्पिटलना पठाईएकोमा घाइते  राजाकृष्णको उपचारको क्रममा निधन भएको हो । करणको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ ।