बिराटनगर । भोजपुरको भोजपुर नगरपालिका–५ बोखिममा भएको दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते मध्ये झापाको ग्वालडुब्बाका ६५ बर्षिय झ्याङबहादुर घलेको मृत्यु भएको छ । टाउकोमा गहिरो चोट लागेका घलेको उपचारको क्रममा डाक्टरले मृत घोषणा बताइएको छ । 

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । प्रदेश न १–०२–००२ च ६९२३ नम्बरको स्कर्पियो अनियन्त्रित भएर सडकदेखि करिब २०० मिटर तल खस्न गई दुर्घटना भएको हो । उनीहरुको जिल्ला अस्पताल भोजपुरमा प्राथमिक उपचार गरिएको थियो । 

दुर्घटनामा इलामका निगेल राई, नवीन कुमार राई, भोजपुर नगरपालिका–५ बोखिमका लाक्पादिकी शेर्पा, जानुका राई, े राम कुमार राई, धरान उपमहानरपालिका–८ का सुदिप लिम्बु, इहाङ सुब्बा, झापा गाउँपालिका–७ की देबिकला घले, ग्वालडुबाका झ्याङ बहादुर घले र इलामको माङ्सेबुङ्ग–६मेनुका घले घाइते भएका छन् । 

घाइते मध्ये ५ जना लाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ । गम्भीर घाइते निगेल राई, लाक्पादिकी शेर्पा, इहाङ सुब्बा, राम कुमार राई र मेनुका घले लाई थप उपचारका लागि काठमाण्डौ लगिएको हो । अरु घाइतेको भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।