बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-७ मियावारीका लालबहादुर अधिकारीको मिल र गोठमा आज बिहानै आगलागी भएको छ ।

बिहान अन्दाजी ५ बजेतिर अधिकारीको मिल र गोठमा विद्युत सर्ट भई भएको सो आगलागीबाट अन्दाजी २५ लाखबराबरको क्षति भएको छ । आगलागीबाट मकै र पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको छ । साथै मिलमा प्रयोग हुने उपकरणहरु जलेर नष्ट भएका छन् ।

बिर्तामोड नगरपालिकाको दमकल, गरामनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा बिहान ७ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको जनाइको छ ।