भद्रपुर । झापाको कचनकवल-२ बकलामारीमा गएराति धानको कुन्युमा आगलागी भएको छ।
नारायणसिंह राजवंशीको ३ विघा खेतमा लगाएको धानको २ वटा कुन्युमा आगलागी भएको हो । आगलागीबाट ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
राती २: २० बजे खबर हुनासाथ घटनास्थलमा प्रहरी परिचालन भएको थियो । स्थानीय, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलले आगो निभाउने प्रयास कुन्यु पुर्णरुपमा नष्ट भएको बताइएको छ ।



















