चारआली । चारआलीको होटल लिटल सेफ फाष्ट फुड क्याफेमा आज बिहानको राती आगलागी हूदा आठ लाख बराबरको क्षति भएको छ।
मेचीनगर-१३ को चारआलीमा प्रदीप लिम्बूले सञ्चालन गरेको सो होटलमा बिहानको राती १ बजे इन्भर्टरको तार सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट फ्रिज १ थान, र्याक १ थान, बिभिन्न ब्राण्डका रक्सिहरु, गल्लामा राखिएको नगद रु. २५,०००।-, ईनभटर १ थान, ब्याट्री २ थान र क्याफे आशिंक रुपमा जलेको छ ।
दामोदर दाहालको घरमा लिम्बूले होटल सञ्चालन गरेका थिए । आगलागीबाट ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको सुचना केन्द्रले जनाएको छ ।



















