भद्रपुर । झापाका क्रियाशिल सञ्चारकर्मी पुष्प बराल सम्मानित भएका छन् ।

20250122_101431

सशस्त्र प्रहरी बलको २४ ओेेै स्थापना दिवसका अवसरमा बराल सम्मानित भएका हुन् । बराललाई सशस्त्र प्रहरी वल २ नम्बर हेडक्वार्टर झापाका प्रमुख कविन्द्र राईले प्रशंसा पत्र प्रदान गरेका छन् । 

बिर्तामोडको रेडियो भिजन र पर्दाफास अनलाईनमा क्रियाशील बराल दुई दशकदेखि पत्रकारिता पेशामा आवद्व छन् । स्थापना दिवसको अवसरमा बरालसहित झापा उद्योग वाँणिज्य संघका बरिष्ट उपाध्यक्ष राजकुमार राई, भद्रपुर नगरपालिका-५ का कार्यबाहक वडाध्यक्ष जेष्ठमल ठाकुर र बाहुण्डाँगीका रत्नबहादुर प्रधानलाई प्रशंसा पत्र प्रदान गरिएको छ । 

स्थापना दिवसको अवसरमा अमर सहिदका परिवार, स्थापना दिवसका अवसरमा आयोजित फुटबल, भलिबल र टेवलटेनिस प्रतियोगिताका बिजेतालाई सम्मान गरिएको थियो ।