काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । उनी अस्वस्थ भएपछि आजका लागि तय भएका सबै कार्यक्रम स्थगित गरिएको छ । 

प्रम ओलीको आज बहुप्रतिक्षित  बुटवल/पाल्पा जोड्ने सिद्धबाबाको सुरुङ्ग मार्ग उदघाटन कार्यक्रम रहेको थियो। 

मंगलबार बेलुका बालुवाटारमै एमाले सचिवालय बैठक डाकेर बामदेव गौतमको पार्टी प्रवेशसम्वन्धी प्रक्रियामा रोक लगाएका उनी राती दुई बजेसम्म कार्यक्रममा सहभागी थिए ।

स्वास्थ्य प्रतिकुल भएपछि सशस्त्र प्रहरीको २४ औं स्थापना दिवसमा हिजो उनी सहभागी भएनन् । प्रधानमन्त्रीलाई थप आराम चाहिएकोले आज बाहिरका कसैसङ्ग भेटघाट राखिएको छैन ।