बिर्तामोड । झापाको कन्काईमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । 

कन्काई नगरपालिका-१ जुकेकल्भर्ट स्थित पुर्व पश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोड तर्फ जादैं गरेको मे ४ प ९५० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई डाईभर्सनमा ठोकिएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर मोटरसाईकल चालक झापा गाउँपालिका-६ शरणामती बस्ने हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए ।  टाउको र निधारमा गहिरो चोट लागेेर घाइते भएका उनको अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषित गरेका थिए ।