बिराटनगर । भोजपुर नगरपालिका– २ मा शौचालयमा एक बालिका मृत फेला परेकी छिन् । शाैचालयकाे भेन्टिलेसनमा टाउको अड्केर ७ वर्षीया बालिकाको मृत्यु भएको हाे ।
हिजो दिउँसो १२ बजे भोजपुर– २ हेलौछा बस्ने निर्मल भुजेलकी ७ वर्षकी छोरी विष्णुकुमारी भुजेल आफ्नै घरनजिक रहेको शौचालयको भेन्टिलेसनमा टाउको अड्किएर मृत अवस्थामा फेला परेकी हुन् ।


















