भद्रपुर । झापाको कचनकवलमा गएराती भएको आगलागीमा ७० लाख बराबर क्षति भएको छ ।
कचनकवल गाउँपालिका-६ बनियानीको बिशाल बस्तीमा भएको आगलागी राती १० बजे नियन्त्रणमा लिइएको थियो । कमल खतिवडाको दुई तले मुनि पक्की बेरा माथी तल्ला काठको बेरा टिनको छानो भएको १० कोठे घरमा आगलागी भएको हो । पुजा कोठामा बालेको दियोबाट आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट नगद १ लाख, २५ तोला सुन, ७५ तोला चाँदी, दुईवटा एसी, १० लाख मूल्य बराबरको घरायसी सामग्री र घरको मुल्य समेत गरेर ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनामा मानवीय चौपाया क्षेती नभएको बताईएको छ । उक्त घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । घर इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी, स्थानीय मानिसहरु, भद्रपुर, मेचिनगर, बिर्तामोड नगरपालिकाको बारुण यन्त्रको सहयोगमा राति १० बजे नियन्त्रणमा आएको जनाइएको छ ।