मेचीनगर । झापाको मेचीनगरमा भएको आगलागीमा परेर एकजना गंभीर घाइते भएका छन् ।
गएराति ९ बजे मेचीनगर नगरपालिका -४ आमडाँगी बस्ने बिरेन्द्रराज राईको घरको पूजा कोठामा विद्युत सर्ट भई आगलागी भएको थियो ।
उक्त आगो निभाउने क्रममा घरधनी राई घाइते भएका हुन् । दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेर घाइते भएका राईलाई उपचारको लागि बिर्तामोड लगिएको छ ।
प्रहरी चौकी बाहुनडाँगीबाट ३ जनाको प्रहरी टोली खटिएर राति साढे ९ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट कोठाभित्र रहेको लत्ताकपडा आंशिक रुपमा जलेर क्षति भएको जनाइएको छ ।



















