अर्जुनधारा । झापाको अर्जुनधारा-४ का लीलाबहादुर कटवालको भान्छा घरमा सोमबार बिहान आगलागी भएको छ ।
अर्जुनधारा-४ रातेखालका कटवालको काठ र जस्ताको छानो भएको एक तल्ले भान्छा घरमा आगलागी भएको हो ।
आगलागीबाट भान्छा कोठा भित्र रहेको अन्नपात,भाडा वर्तन, काठपात पुर्ण रुपमा जल्दा ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
शनिश्चरेबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।



















