बिर्तामोड । झापाको हल्दीबारीमा जंगली हात्तीको आक्रमणबाट एक बृद्वको मृत्यु भएको छ ।
आज दिउँसो हल्दीबारी-४ को बिराम सामुदायिक वनमा घाँस काटेर फर्किदै गर्दा हात्तीको आक्रमणमा परेर सोही स्थानका ७६ बर्षिय बृद्व भीमप्रसाद भट्टराईको मृत्यु भएको हो ।
हात्तीको आक्रमण बाट भट्टराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको सुचना केन्द्रले जनाएको छ ।



















