बिर्तामाेड । अमेरीका पुनस्थापना भएका तीनजना भुटानी शरणार्थीलाई लुकी छिपी नेपालमा बसेकाे अवस्थामा पक्राउ गरिएकाे छ । दमक नगरपालिका-३ बेलडाँगीमा आएर गैरकानुनी रुपमा बसाेबास गर्दै आएका भुटानी शरणार्थीलाई पक्राउ गरिएकाे हाे ।

पक्राउ पर्नेमा बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएका आशिष सुवेदी, सन्ताेष दर्जी र राेशन तामाङ् रहेका छन् । उनीहरु गैरकानुनी रुपमा नेपालमा बस्दै गरेकाे सुचनाका आधारमा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए । 

उनीहरुलाई आवश्यक कारवाहीको लागि अध्यागमन  कार्यालय काकडभिट्टा पठाइएकाे उनले बताए । साेही शिविरका उनीहरु तेस्राे मुलुक पुनस्थापना कार्यक्रम अन्तर्गत अमेरिका गएका थिए ।