झापा । काठमाडौंमा एक जना किशोरको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कसप पछाडिकाे खाली जमिनमा एक किशोरलाई हत्या गरे‍र गाडेको खुलेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनामा संलग्न रहेकाे अभियाेगमा ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएकाे छ।

सर्लाही चक्रघट्टा गाउँपालिका-८ घर भई गोकर्णेश्वर बाहुनधारा बस्ने १९ वर्षीय राहुल साहको शव फेला परेको छ । उनी चैत ११ गतेदेखि बेपत्ता थिए। उनको शव चैत १५ गते फेला परेको थियाे। 

साहको हत्या गरेको आरोपमा प्रहरीले बाहुनधारा बस्ने २२ वर्षीय निपु मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारतीय नागरिक २९ वर्षीय सुनिल शर्मा पक्राउ परेका हुन्।

शर्मा उक्त मोटरसाइकल वर्कशप सञ्चालक हुन्। साहबाट मण्डलले केही समय अघि ६० हजार रुपैयाँ लिएका थिए। साहले  ब्याजसहित एक लाख १० हजार रुपैयाँ फिर्ता गर्नुपर्ने भनेपछि उनीहरूबीच विवाद भएको प्रहरीले जनाएकाे छ ।  पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।