बिर्तामाेड । यातायात व्यवस्था कार्यालय मेची, बिर्तामाेडमा नेपाल प्रहरीले स्टिङ अपरेसन गरेर करिब एक दर्जन बिचाैलियालाई पक्राउ गरेकाे छ । शुक्रबार कार्यालय समयमा प्रहरीले स्टिङ अपरेसन गरेकाे थियाे ।
साे क्रममा बिचाैलिया पक्राउ परेकाे स्राेतकाे दावी छ । बिचाैलियाका कारण यातायात व्यबस्था कार्यालयमा कर तिर्न जाने सेवाग्राही ठगिएकाे गुनासाे आएपछि प्रहरीले स्टिङ अपरेसन गरेकाे हाे । उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान गरिरहेकाे जनाइएकाे छ ।