बिर्तामाेड । कनकाई नगरपालिका-१ का ताराबहादुर बिश्वकर्माकाे पानी तान्ने माेटर जाेड्दा करेन्ट लागेर मृत्यु भएकाे छ । आज बिहान बिद्युतीय माेटर जाेड्दै गर्दा करेन्ट लागेकाे थियाे ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामाेड लाँदै गर्दा बाटैमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उनकाे शवलाई कानुनी प्रक्रिया पुरा गरेर परिवारकाे जिम्मा लगाइएकाे छ ।