बिर्तामोड । झापाको बुद्वशान्ति-४ बर्नेबाट ५ लाख बढी मुल्यको अबैध सामान प्रहरीले बरामद गरेको छ ।
हिजो साँझ अन्दाजी साढे ७ बजे बुद्वशान्ति गा्उँपालिका-४ बर्ने चिया बगानस्थित मेची राजमार्गमा प्र.१-०१-००१ ज ३४४९ नम्बरको यात्रुबाहक बोलेरोबाट ५ लाख ३४ हजार मुल्यको सामग्री बरामद भएको हो ।
बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको सो गाडीलाई चेकजाँच गर्दा बिलबिना अबैध रुपमा ल्याउदै गरेको विभिन्न कस्मेटिक सामानहरु फेला परेको थियो । ती सामानहरु नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ ।