बिर्तामोड । काठमाडौबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस झापाको शिवसताक्षीमा पल्टिदा २१ जना घाइते भएका छन् ।
आज बिहान साढे ५ बजे राजमार्गमा प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो ।
घटनामा झापाको मेचीनगर नगरपालिका-१ बस्ने बर्ष- ५५ को टेक चन्द्र फुयाल, दोलखाको गौरीशंखर नगरपालिका ४ बस्ने बर्ष- ५२ को शान्ति प्रसाद उप्रेती, इलामको सन्दकपुर गाउपालिका – ५ बस्ने बर्ष- ४६ को गोपाल खतिवडा, मेचीनगर नगरपालिका १४ बस बे बर्ष- ५२ को सिकेन्द्र ढकाल, अर्जुनधारा नपा १० बस्ने बर्ष ४० को लोक नाथ ढकाल, फाल्गुनन्द गापा ७ बस्ने बर्ष ४५ को सिताराम अधिकारी, कालिकोटको रास्कोट नपा-४ बस्ने बर्ष ३६ को पुर्ण नाथ योगी, कचनकवल गापा ३ बस्ने बर्ष २० को श्याम तमाङ, मेचीनागर नगरपालिका-१ बस्ने बर्ष ३९ को अनिल बिक घाइते भएका छन् ।
यसैगरी भद्रपुर नगरपालिका ५ बस्ने बर्ष- ३७ को भोला पन्थी, इलामको फाकफोथुम गाउपालिका ३ बस्ने बर्ष- ३५ को सन्तोष आचार्य, बिर्तामोड नगरपालिका-६ बस्ने बर्ष- ४३ की शान्तिमाया राई, मेचीनगर नगरपालिका -९ बस्ने बर्ष- ४६ को ईश्वर प्रसाद भन्डारी, बर्ष ३२ की सृजना प्रसाई, बर्ष- ५२ की सिता मगर, बर्ष- ५० को सिताराम रिमाल, बर्ष- ५५ को मिन बहादुर पौडेल, पाँचथरको आङसराङ गाउपालिका ५ बस्ने बर्ष- २८ को दिपक सुब्बा, मेचीनगर नगरपालिका -८ बस्ने बर्ष- ४२ को पदम प्रासद पौडेल, कनकाई नगरपालिका -३ बस्ने बर्ष- २४ राजन चिमरिया, रौतहटको राजपुत नगरपालिका ५ बस्ने बर्ष- २५ को बिक्रम कुमार दास घाइते भएका छन् । उनीहरुको बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस घटनास्थलबाट निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।



















