बिर्तामोड । मोरङको सुन्दर हरैचा-१ का एक व्यक्ति दमकको कृष्ण माध्यमिक बिद्यालय नजिकै मृत फेला परेका छन् ।
सुन्दर हरैचाका ५० बर्षका अमर सुनुवार दमकमा मृृत फेला परेका हुन् । बिद्यालयको पर्खाल पूर्व नालामा घोप्टो परेको अवस्थामा सुनुुवारको शव फेला परेको थियो ।



















