बिर्तामाेड । झापाकाे दमकस्थित ढावा हाेटलमा एक युवती मृत फेला परेकी छन् ।  दमक-६ स्थितमा रहेको ढावा होटलमा शिवसताक्षी-११ दुधेकी २४ बर्षकी करिस्मा निराैलाले झुण्डिएर आत्महत्या गरेकी हुन् । 

हाेटलकाे काेठा न १७ मा हिजाेदेखि बसेकी निराैलाले आज बिहान १० बजेसम्म पनि ढाेका नखाेलेपछि हाेटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र निराैलाका आफन्तकाे राेहबरमा ढाेका खाेल्दा काेठाकाे सिलिङ् फेनमा सलकाे पासाे लगाएर आत्महत्या गरेकाे अवस्थामा शव फेला परेकाे थियाे । 

शवकाे कानुनी प्रक्रिया पूरा गरेर पाेष्टमार्टमकाे लागि दमक अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ ।