झापा । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ ।

यो हालसम्मकाे लागि कीर्तिमानी मूल्य हो । त्यस्तै चाँदीको भाउले तोलामा ६ हजार नाघेको छ । यस दिन महासंघले चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।