झापा । झापाका व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ती व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।
स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए । प्रहरीले अभियुक्तकाे नाम भने खुलाएकाे छैन ।
प्रसाईँ झापाकाे बीएण्डसी हस्पिटल तथा पुर्वाञ्चल क्यान्सर हस्पिटलका सञ्चालक हुन् । उनी मेडिकल उद्यमीका रुपमा चर्चित छन् ।


















