बिर्तामोड । मोटरसाइकल चोरी गरेको आरोपमा कनकाई नगरपालिकाबाट एकजना बालकसहित पाँचजना पक्राउ परेका छन्।

WhatsApp Image 2024-05-22 at 10.12.50_b255af99

उनीहरूलाई चोरी गरिएका तीनवटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई- ३ का १८ वर्षीय समिक चुँडाल रहेका छन्।

कनकाई नगरपालिका- ३ र ४ मा चोरीको मोटरसाइकल रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट प्रदेश १-०२-०१ प ३१४६ नम्बरको केटीएम डुक, मे ९ प ६४६१ नम्बरको एनएस, प्रदेश ३-०२-००९ प ५२२१ नम्बरको क्रश फायर मोटरसाइकल बरामद गरेको थियो। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।