बिर्तामाेड । झापाकाे बिर्तामाेड बसपार्कबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड–५ का कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका खड्गनारायण चौधरी रहेका छन् ।
प्रहरीले उनीहरुकाे साथबाट ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैयाँ बरामद गरेकाे जनाएकाे छ । लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएकाे थियाे । उनीहरुमाथि म्याद थप गरेर अनुसंधान सुरु गरेकाे प्रहरीले जनाएकाे छ ।


















