अर्जुनधारा । झापाकाे अर्जुनधाराका टंकबहादुर एक्तेनमाथी छुरा प्रहार भएकाे छ । छिमेकी सन्ताेष एक्तेनले उनीमाथी अन्दाधुन्द छुरा प्रहार गरेका हुन् । 

माछा पालन गर्दै आएका किसानमाथि आक्रमण भएको छ । अर्जुनधारा नगरपालिका–१ का ४६ वर्षीय एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो ।

पीडितकी छोरी सलिना एक्तेनले सन्तोषविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनिमा निवेदन दिएकी छिन् । बीएण्डसी अस्पताल बिर्तामोडमा टंकबहादुर उपचाररत छन् ।

आक्रमणपछि सन्तोषलाई छिमेकीहरूले पक्राउ गर्न खोजेका थिए । तर, छुरा देखाएर उनी भागेका थिए । इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सन्तोष अहिले फरार छन् । उनीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘फरार भएका व्यक्तिको खोजी भइरहेको छ,’ विष्टले भने ।