मेचीनगर । भारतबाट स्कुटरको फुटरेसमा लागुऔषध ब्राउन सुगर लुकाएर नेपालतर्फ ल्याउदै गर्दा मेचीनगरमा बिर्तामोडका दुईजना पक्राउ परेका छन् ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको को.२५ प. २४४५ स्कुटरसहित बिर्तामोड-७ का सुरज लामा र विजय मगर पक्राउ परेका हुन् ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलिले शंका लागि चेकजाँच गर्दा स्कुटरको फुटरेसमा प्लाष्टिकमा पोको पारी लुकाएर ल्याउदै गरेको ५ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
















