बिर्तामाेड । ललितपुर घर भई बिर्तामोडमा बसेर मिटरव्याजकाे धन्दा गर्ने मधुकर बस्नेत पक्राउ परेका छन् ।

अनुचित लेनदेनसम्बन्धी कसुरमा मुद्दा परेपछि उनी फरार रहेका थिए । कृष्णप्रसाद सिवाकोटीले जाहेरी दिएपछि ललितपुरकाे महालक्ष्मी नगरपालिका --६ घर भई हाल बिर्तामोड- ५ मा डेरा गरी बस्ने ३४ वर्षीय बस्नेत फरार रहेका थिए । 

उनलाई सुनसरीको इटहरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी कृष्णकुमार चन्दले बताए । उनलाई जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।